२१ फाल्गुन २०८२, बिहीबार

कांग्रेस र एमालेको सरकार ढल्दैन, ढुक्क हुनूः मन्त्री गुरुङ

कोलोराडोखबर संवाददाता , December 19th, 2024

नेपाल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् ।

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ भने ।

प्रतिक्रिया दिनुहोस्