नेपाल । अनेसास नेपाल च्याप्टरले २११ औं भानुजयन्ती मनाएको छ । यसै अवसरमा अनेसास केन्द्रीय कार्यसमितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउनुकासाथै भर्खरै सम्पन्न भएको अनेसासको निर्वाचनमा नेपालबाट निर्वाचित एसिया उपाध्यक्ष सरिता अर्याल तथा अनेसास केन्द्रीय सदस्य सुमनवर्षा घिमिरे लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिइएको थियो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले अनेसास निर्वाचन २०२४–०२६ का लागि मातृभूमि नेपालबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी सरिता अर्याललाई अत्याधिक मतले र सदस्यमा उम्मेद्वार दिएकी सुमनवर्षालाई निर्विरोध निर्वाचित गराएकोमा विश्वभर रहेका अनेसासका अजीवन सदस्यहरूप्रति आफ्नो र नेपाल च्याप्टरको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षता तथा प्राडा व्रतराज आचार्य को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्राडा खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसास पूर्व केन्द्रीय उपाध्यक्ष डा रेणुका सोलु, अनेसास नेपालका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास नेपालका सल्लाहकार डा. रामप्रसाद दाहाल अभिनेता रविन्द्र खड्कालगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
भानुजयन्तीका अवसरमा कविहरू,दुर्गा ढकाल, सुचिता काफ्ले, लक्ष्मण सिटौला, मंजिला अनिल, शान्ति रिसालले कविता वाचन गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्