नेपाल । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले एकताको राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुँदैछ । महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्नेछ ।
महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा विशाल पण्डाल निर्माण गरिएको छ ।
उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागिता रहनेछ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गरिनेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्