३० कार्तिक २०८३, सोमबार

सरकार सही ढङ्गले सञ्चालन नभए देशले दुःख पाउँछः सभापति थापा

कोलोराडोखबर संवाददाता , November 16th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढङ्गले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।

छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे ।

थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए ।

उनले कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए । आगामी पाँच वर्षको समय सदुपयोग हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्