नेपाल । नेपाली कांग्रेसले सिंहदरबार र बालुवाटारमा रमिता चलेको टिप्पणी गरेको छ।
सरकारले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो।
सानेपामा बसेको शीर्ष नेताहरूको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यस्तो बताएका हुन् ।
सरकारको गतिविधिले ठूलो आशा गरेर मतदान गरेका मतदाताको मतको दुरुपयोग गरेको आरोप लगाए।
त्यस्तै नेपाली कांग्रेसले पार्टीको आधिकारिकता विवादमा सरकारले नियोजित रूपमा भ्रम फैलाएको आरोप लगाए । साथै प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि दुई दिनसम्म राखेकोप्रति आपत्ति जनाए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्