अमेरिका । मध्य स्पेनमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
बुधबार बिहान म्याड्रिडबाट सेभियातर्फ गइरहेको एउटा रेल लिकमै रोकिएर बसेको अर्को रेलसँग ठोक्किँदा यो भयानक दुर्घटना भएको हो। ठक्कर यति शक्तिशाली थियो कि रेलका कैयौँ डब्बाहरू लिकबाट तल भीरमा खसेका थिए।
यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको गडबडी र त्यसपछि भएको मानवीय त्रुटिका कारण उक्त दुर्घटना हुन पुगेको हो। यो आधुनिक युरोपेली इतिहासकै सबैभन्दा खराब तथा स्पेनमा १३ वर्षयताकै सबैभन्दा घातक रेल दुर्घटना हो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्