१२ कार्तिक २०८३, बिहीबार

पाँच–पाँच लाख धरौटी बुझाएर छुटे एन्फा अध्यक्ष र महासचिव

कोलोराडोखबर संवाददाता , October 29th, 2026

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच–पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच(पाँच लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको हो।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो।

जोशी र पाण्डे धरौटीमा छुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्