११ कार्तिक २०८३, बुधबार

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका राजदूतको भेटवार्ता

कोलोराडोखबर संवाददाता , October 28th, 2026

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भयो।

परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीहरूका बारेमा चासो व्यक्त गर्नुभएको थियो।

साथै, उहाँहरूबीच बहुपक्षीय फोरमहरूमा आपसी हित र सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्