नेपाल । सोमबार दिउँसो रास्वपाका सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित बनेका छन् ।
सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिलालाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएको छ।
बागमती प्रदेशकी पूर्व मन्त्री रहेकी ती महिलामाथि भएको दुव्र्यवहार सम्बन्धी अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको हो । केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ।
यो घटना सार्वजनिक भएसँगै सांसद सुनारले पदबाट राजीनामा दिनुपर्ने र उनीमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने आवाज समेत उठेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्