२७ आश्विन २०८३, मंगलवार

मोदनाथ प्रश्रितका छोरा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

कोलोराडोखबर संवाददाता , October 13th, 2026

नेपाल । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको सोमबार निधन भएको छ । अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

नैकापस्थित निवासमै रहेका बेला असहज महशुस भएपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए।

विजय कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका एक मात्र छोरा हुन्। उनका श्रीमती र दुई छोराछोरी छन्।

प्रतिक्रिया दिनुहोस्