२६ आश्विन २०८३, सोमबार

ओडीआई श‍ृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हरायो

कोलोराडोखबर संवाददाता , October 12th, 2026

नेपाल । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई श‍ृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको छ ।

ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।

यो जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्