२० आश्विन २०८३, मंगलवार

बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिको नयाँ कार्यसमिति चयन

कोलोराडोखबर संवाददाता , October 6th, 2026

नेपाल । सोमबार साहित्यकार रमेशमोहन अधिकारीको संयोजकत्वमा बसेको भर्चुअल भेलाले बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिको नयाँ कार्यसमिति चयन गरेको छ।

सर्लाहीका कवि लम्बोदर काफ्लेको अध्यक्षतामा बनेको सो समितिमा उपाध्यक्षमा पर्साकी कवयित्री सीता पन्थी र सचिवमा महोत्तरीका छन्दकवि रामचन्द्र पौडेल रहनुभएको छ ।

यसै गरी सदस्यहरूमा रौतहटकी कथाकार रेणु गुप्ता, सर्लाहीका कथाकार रामचन्द्र महतो कुशवाहा, सिराहाका आख्यानकार नन्दलाल आचार्य, सिराहाकै छन्दकवि गणेश अधिकारी, महोत्तरीका छन्दकवि लालबाबु पोखरेल, सप्तरीकी लघुकथाकार एन्जेल निलु, बाराका नियात्राकार रामप्रसाद अधिकारी, सर्लाहीका केदारनाथ सिग्देल तथा धनुषाका नानीबाबु दाहाल रहनुभएको छ।

मधेस प्रदेशका आठओटा जिल्लामा सातओटा समिति बनेका छन् । ती जिल्लाले परस्परमा नजुध्ने गरी वर्षभरिमा बाह्रओटा कार्यक्रम गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्