१५ आश्विन २०८३, बिहीबार

रास्वपाले आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै पालिकास्तरमा अभियान सञ्चालन गर्ने

कोलोराडोखबर संवाददाता , October 1st, 2026

नेपाल । सत्तारूढ रास्वपाले आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै पालिकास्तरमा अभियान सञ्चालन गर्ने भएको छ ।

आगामी असोज २० गतेदेखि सुरु हुने अभियान ‘नागरिकका कुरा सुन्न र आफ्ना कुरा भन्न’ सुरु गर्न लागिएको रास्वपाकी सहमहामन्त्री निशा डाँगीले जानकारी दिनुभयो ।

नागरिकसँग जनसंवाद र जवाफदेहिताको प्रयासस्वरूप सबै स्थानीय तहमा नागरिकका समस्या सुन्ने र सरकारमा रहेका मन्त्री र सांसदले छ महिनाको अवधिमा गरेका काम भन्नका लागि यो अभियान सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय सदस्य र सांसद सबै स्थानीय तहमा पुगेर सरकारले गरेका कामसँगै स्थानीय तहमा उम्मेदवार छनोटका विषयमा नागरिकलाई बुझाउनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्