नेपाल । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी हालसम्म २१ जनाको मृत्यु भएको छ । ७४७ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा सुरु भएको पछिल्लो चार दिनभित्र बागलुङमा पाँच जना, पाल्पामा चार, म्याग्दीमा छ, रोल्पामा एक, धादिङमा एक मकवानपुरमा एक, धनुषा एक, मनाङमा दुई जनाको मृत्यु भएको छ ।
वर्षाले सयौँ घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ । सबैभन्दा ठुलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्