११ आश्विन २०८३, आईतवार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

कोलोराडोखबर संवाददाता , September 27th, 2026

नेपाल । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट शनिबारराति नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्