कोलोराडो । रिभाइभ मेडिकल वेलनेस (www.revivemedicalwellness.net) आफ्नै भवनमा सञ्चालनमा आएको छ ।
रिजेनेरेटिभ तथा एस्थेटिक मेडिसिन विशेषज्ञ डा. शारदा काफ्ले त्रिपाठीले सन् २०२४ फेब्रुअरी २ मा कोलोराडोको नर्थग्लेनमा भाडाको घरमा सञ्चालनमा ल्याएको रिभाईभ मेडिकल वेलनेस मंगलवारदेखि आफ्नै भवनमा सञ्चालनमा आएको चीफ फाईन्सियल अफिसर विकाश त्रिपाठी बताउनु भयो ।
डा. त्रिपाठी, वेलनेसका चीफ फाईन्सियल अफिसर विकाश त्रिपाठी, नर्थग्लेनकी काउन्सिल सदस्य क्याथरिन गोफ, आर्थिक विकास निर्देशक एलिसन मोडिङ, आर्थिक विकास संयोजक क्रिस्टी ‘सीसी’ चेम्बर्स र आर्थिक विकास विशेषज्ञ मारिसा फिलिप्सलगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा क्लिनिकको उद्घाटन गर्नु भएका् हो ।
समारोहमा डा. त्रिपाठीले स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्नेमा जोड दिँदै उनले अस्वस्थ भएपछि मात्र उपचार खोज्नुभन्दा नियमित स्वास्थ्य परीक्षण र सुरुदेखि नै आफ्नो स्वास्थ्यमा ध्यान दिन सके आकस्मिक रूपमा आइपर्न सक्ने स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने बताउनु भयो ।
स्वास्थ्य र सौन्दर्यसम्बन्धी समग्र सेवा उपलब्ध गराउँदै आएको रिभाइभ मेडिकल वेलनेसले वेलनेस परामर्श, तौल व्यवस्थापन, हर्मोन सन्तुलन, अनुहार तथा शरीरको सौन्दर्य र आकार सुधारसम्बन्धी सेवा, कपाल पुनःउत्पादन उपचार, लेजर हेयर रिमुभललगायतका सेवाहरू प्रदान गर्दै आएको चीफ फाईन्सियल अफिसर त्रिपाठीले बताउनु भयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्