नेपाल । पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडित ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ ।
विमानले पश्चिम-मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइनवेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्क विहिन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो । विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट संस्थामा दर्ता गरिएको जनाइएको छ ।
दुर्घटनाको कारण थाहा नभएसम्म व्यवस्थापनले सबै उडान तत्काल स्थगित गर्ने घोषणा गरेको जनाइएको छ । डच सुरक्षा बोर्डले सोमबार दुई उड्डयन अनुसन्धानकर्ताले प्रारम्भिक अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्