२७ भाद्र २०८३, शनिबार

गीत: बोल्न देऊ सरकार ! भन्दा उतै ढलेछन्…

कोलोराडोखबर संवाददाता , September 12th, 2026

-आर. आर. चौलागाईं-
मेरा छोराछोरी पढ्न गएका थिए
बोल्न देऊ सरकार ! भन्दा उतै ढलेछन् ।

ताकीताकी गोली हानेछन् मेरो छोरालाई
बुटैबूटले किचेछन् मेरी छोरीलाई
जनताको सरकार भन्थे होइन रहेछ
गरिबको सरकार भन्थे होइन रहेछ ।

यत्रो वर्ष रुवाए यिनले नेपाल आमालाई
यत्रो वर्ष झुक्याए यिनले सारा विश्वलाई
छोरा ! तिम्रो हत्याको हामी बदला लिन्छौँ
छोरी ! तिम्रो हत्याको हामी बदला लिन्छौँ ।

(जेनजी शहीदहरूको सम्झनामा)

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्