नेपाल । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सडकमा पुगेपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्युर्टो रिकोको सान हुआनबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो । त्यसपछि विमान विमानस्थल वरपरका गोदाम तथा अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सडकमा पुगेको थियो ।
मियामी–डेड काउन्टीका अधिकारीहरूका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते र सुई जना सामान्य अवस्थामा घाइते भएका छन् ।
दुर्घटनापछि विमानबाट बाक्लो कालो धुवाँ आकाशतर्फ फैलिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्