नेपाल । डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजले मिस वर्ल्डको उपाधि जित्नुभएको छ । २४ वर्षीय डोमिनगेज शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित आयोजित ७३ औँ मिस वर्ल्डको ग्रान्ड फिनालेमा मिस वर्ल्ड बन्नुभएको हो । उहाँलाई गत वर्षकी विजेता ओपल सुचाताले विश्व सुन्दरीको ताज पहिराउनुभयो । विश्वभरका १११ प्रतिस्पर्धीलाई पछि पार्दै डोमिनगेजले उपाधि हात पार्नुभएको हो ।
डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि मिस वर्ल्डको ताज जितेको छ । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलो पटक यो उपाधि जित्नुभएको थियो ।
स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप बन्नुभयो । मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बन्नुभयो । चेट्टीले ‘ब्युटी विथ अ पर्पस’ को उपाधिसमेत जित्न सफल हुनुभएको थियो ।
इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम छ मा पुगेका थिए । १११ प्रतिस्पर्धीसहित अगस्त ८, २०२६ मा सुरु भएको प्रतियोगिता सेप्टेम्बर ५, २०२६ मा सम्पन्न भयो ।
यसै गरी नाइजेरियाकी २६ वर्षीय करिबी जर्जले प्रतियोगिताका क्रममा अफ्रिका महादेशतर्फ ‘टप मोडल’ को उपाधि जित्नुभयो । दक्षिण अफ्रिकाकी रोमान्डा होम्बिर अफ्रिकाको महादेशीय विजेता बन्नुभयो ।
नेपालबाट मिस नेपाल लुना लुइटेलले प्रतिस्पर्धा गर्नुभएको थियो । नेपाल यस वर्षको मिस वल्र्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ जित्नबाट पनि वञ्चित हुनुपर्यो । हरेक वर्ष नेपाल यो विधाको दाबेदार हो । यसअघि नेपालले तीन पटक यो विधा जितिसकेको छ ।
शीर्ष ४० को सूचीमा टप मोडल, ब्युटी विथ अ पर्पस, ट्यालेन्ट, स्पोटर्स, पिपुल्स च्वाइस अवार्ड र निर्णायकको छनोटबाट आएका विजेता समावेश थिए । ७४ औँ मिस वर्ल्ड प्रतियोगिता तान्जनियामा आयोजना हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्