नेपाल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र किएभ पठाउने घोषणा गर्नुभएको छ ।
ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्ने छन् र युद्ध अन्त्य गर्ने प्रस्तावसमेत लिएर जाने छन् । उहाँहरूले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र आइतबार किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ । युक्रेनका एक वरिष्ठ अधिकारीका अनुसार विट्कफ र कुशनर आइतबार किएभ पुग्ने कार्यक्रम छ ।
तर, क्रेमलिनले उहाँहरूको भ्रमणबारे तत्काल कुनै टिप्पणी गर्नुभएको छैन । ट्रम्पले आफूले पठाएका दुवै वार्ताकारले यस अघि गाजा र इरान सम्बन्धी युद्धविराम वार्तामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले शान्ति स्थापनाका लागि आफ्नो प्रशासनसँग स्पष्ट योजना रहेको दाबी गर्नुभयो । यद्यपि, प्रस्तावमा युक्रेनले आफ्नो भूभागको केही हिस्सा रुसलाई छोड्नुपर्ने विषय समावेश छ कि छैन भन्नेबारे ट्रम्पले स्पष्ट पारेनन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्