१८ भाद्र २०८३, बिहीबार

१५औं महाधिवेशनबारे छलफल गर्न शनिबार काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , September 3rd, 2026

नेपाल । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन्।

बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । कावा मुख्यसचिव दुलालका अनुसार बैठकमा भोटेकोशी बाढी विपद् र पार्टीको १५औं महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्