१३ भाद्र २०८३, शनिबार

गजल: तिमी फोहर बोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ…

कोलोराडोखबर संवाददाता , August 29th, 2026

-आर. आर. चौलागाईं-
तिमी फोहर बोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ
तिमी रक्सी धोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ ।

नाच्न नजान्ने आँगन टेढो त्यसै भनेका हैन रहेछन्
तिमी केके सोचेर हिँड्छौ अनि मलाई घृणा लाग्छ ।

केही न केहीका दुई कौडी तथाकथित देउताहरूको
तिमी स्तुति घोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ ।

सास फेर्न नपाएर मानिसहरू यहाँ मरिरहेका छन्
तिमी हावा रोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ ।

काम गरिरहेका तन्नेरीहरूलाई जे पायो त्यही भनेर
तिमी व्यर्थै खोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्