११ भाद्र २०८३, बिहीबार

बाढीबाट प्रभावित परिवारको उद्धार र राहतका लागि एनआरएनएले रु ५ करोड आर्थिक सहयोग गर्ने

कोलोराडोखबर संवाददाता , August 27th, 2026

नेपाल । एनआरएनएका अध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति, स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, एनसीसी परिचालनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजक समेत रहने गरि एनसीसी परिचालन समिति गठन गर्ने र विपद व्यवस्थापन समिति र सम्बन्धित निकायसंग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई जिम्मेवारी तोकिएको छ ।

बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्