नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मंगलबारदेखि प्रारम्भ हुने जानकारी दिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
थापाले पार्टीको विधानले तोकेको समयसीमाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै आगामी असोज महिनाभित्रै अधिवेशन सम्पन्न गरिने प्रष्ट पारे ।
अधिवेशन पश्चात पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुका साथै प्रदेश र स्थानीय सरकारका कामहरूमा प्रभावकारी रूपमा केन्द्रित हुने उनले बताए । सोही अवसरमा सभापति थापाले आगामी भदौ २४ गतेदेखि कांग्रेसले ‘राष्ट्रिय अभियान’ शुरु गर्ने घोषणासमेत गरे ।
लोकतान्त्रिक प्रक्रियामा हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै उनले पार्टीको वृहत्तर हितका लागि सबै नेता तथा कार्यकर्ताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्