१ भाद्र २०८३, सोमबार

सरकार यही गतिमा अघि बढेमा डरलाग्दा राजनीतिक दुर्घटनाहरू हुने सक्छः भुसाल

कोलोराडोखबर संवाददाता , August 17th, 2026

नेपाल । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुषालले कम्युनिष्ट दलहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भोग्नुपरेको पराजयको कारण अहिलेसम्म पनि पत्ता लगाउन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भुषालले निर्वाचनमा कम्युनिष्ट दलहरूले सोचेभन्दा धेरै अनपेक्षित र व्याख्या गर्नै कठिन पर्ने किसिमको हार व्यहोरेको बताए ।

आफूले निर्वाचनको दिनमै मुलुक पहिलेदेखि नै ‘नालायकहरू’बाट शासित हुँदै आएकोमा अब ‘लफङ्गाहरू’बाट शासित हुने अवस्थामा पुगेको टिप्पणी गरेको स्मरण गराउँदै उनले अहिले सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थिति, घटनाक्रमले त्यसलाई पूर्ण रूपमा पुष्टि गरेको बताए ।

सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढेमा मुलुकमा अझै डरलाग्दा राजनीतिक दुर्घटनाहरू घट्ने गम्भीर जोखिम रहेको उनको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्