नेपाल । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव मंगलबार काठमाडौँ ल्याइँदै छ।
निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ।
दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। निर्मल पुर्जाको शव भने बेलायत लगिएको छ। उक्त हिमपहिरोमा परेर ६ जना नेपाली आरोहीसहित १० जनाको ज्यान गएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्