नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस र रास्वपा दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन् ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले दुई दलबीच वैचारिक र राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको स्पष्ट पारे ।
सम्बोधनका क्रममा उनले रास्वपाले छोटो समयमै हासिल गरेको विशाल जनमतप्रति आफ्नो सम्मान रहेको बताउँदै कांग्रेसलाई रास्वपाभन्दा अग्लो राजनीतिक शक्ति बनाउने दाबी गरे । तर, त्यो उचाइ अरूलाई कमजोर बनाएर नभई आफ्नै कर्म र इमानदारिताबाट प्राप्त गर्ने उनले उल्लेख गरे।
संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सरकारसँग आवश्यकता अनुसार मुद्दाका आधारमा सहकार्य र आलोचना दुवै गरिने उनको भनाइ थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्