६ असार २०८३, शनिबार

लघुकथा: ऊर्जा

कोलोराडोखबर संवाददाता , June 20th, 2026

-आरसी रिजाल-
म भन्दा निक्कै बूढो देखिने प्रोस्टेडको रोगीसंग म पनि डाक्टरलाई कुर्दैछु । उनको कुममा झोला , हातमा लरौ र अर्कोमा पानीको बोतल । सहारा कोहि नदेखेकोले सोधेँ ।

उनले — लौरोतिर इसारा गरे ।
मैले — सन्तानका कुरा गरेको भने ।

उनले –सन्तानलाई सक्षम तुल्याएँ। तर बचेराझैँ उडेर गए। अब धर्मराएर,घस्रेर भए पनि एक्लै बढ्दैछु । मेरो अनुभव शारीरिकभन्दा मानिसक सोचाइले चाँडै बूढो होइदोँ रै”छ । तसर्थ बिगत बिर्सन हरेक बिहान आफुलाई जन्मेको ठान्ने गर्‍याछु भन्दैथे पालो आएकोले डाक्टरको कोठामा छिरे ।

अस्पतालबाट फर्केपछि मैले डाक्टरभन्दा यी जर्जर रोगीलाई महान ठानेँ । मेरो मुर्जाउन लागेको शरीरमा हिजोआज औषधिको गोलिभन्दा उनको साहसिक बोलिले ऊर्जाथप्ने काम गरेको छ ।

-हेटौंडा, मकवापनपुर ।

प्रतिक्रिया दिनुहोस्