२५ जेष्ठ २०८३, सोमबार

नेपाली बजारमा एकै दिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो

कोलोराडोखबर संवाददाता , June 8th, 2026

नेपाल । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार एक तोला सुनको मोल तीन लाख आठ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्