-आरसी रिजाल-
१२ बर्षमा बिबाह भएकी गार्गी ८० बर्ष पुगिन्। माइती आउजाउ गर्दा बाटोमा पर्ने गाउँबाहेक अरुस्थान उनले देखेकी छैनन्। उनले बुझेकी संसार उहि– १२ छोरा १३ नाति बुढीको धोक्रो काँधीमाथी मात्रै हो। हुन पनि उनको पनातीसम्म गणना गर्दा करिब तीसजना होलान् । तर आँखा अगाडि कोहि छैनन् ।ऎलेसम्म पानी उमालेर खान सक्छिन्।
प्रायजसो घरको झ्यालबाट कान्छो छोराको जन्मदिनमा रोपेको आँपको रुखमा निहाली रहन्छिन् । गार्गिले हरेकबर्ष रुखमा गुँड लाउने जुरेली चरीले बचेरा हुर्काउलो भएपछि उडाएको देख्छिन्। तर बचेरा फर्केर आएको देख्दिनन्। र मान्छेले पनि यस्तै प्रकृतिको नियम पछ्याएको ठान्छिन्।
हिजोदेखी पोथी जुरेली कराइरहेकिले केही अनिष्टको आँकलन गरि आँपको फेदमा पुग्छिन्। त्यहाँ मृत्य भाले जुरेलिको शरीरबाट कमिलाले मासु थुतेको देख्छिन् र खाल्डो खनेर पुर्दिन्छिन्। अनि बिस्तार टाउको उठाएर मास्तिर हेर्छिन्। हाँगामा छ्ट्पटाई रहेकी एकल जुरेलीको आँसु उनको आँखामा मिसिन्छ र भावविह्वल हुन्छिन् ।.
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्