नेपाल । राष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डा बोकेर नयाँ दिल्ली आएको प्रतिक्रिया दिएका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित बिहीबार आयोजित समारोहमा सभापति लामिछानेले नेपालको प्रगति र उन्नति आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
सम्मानित मात्रै भएर नपुग्ने समृद्ध पनि हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ ।’
भारत भ्रमणमा रहेका उनले भारतसँग आफ्नो व्यक्तिगत र पार्टीगत माग केही पनि नरहेको समेत उल्लेख गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्