नेपाल । मंगलबार पनि प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुको अवरोध कायम रह्यो । अवरोध पछि आगामी जेठ २५ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।
मङ्गलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने र बिना तथ्य बोलेकोमा माफी माग्नुपर्ने अडान राख्दै नाराबाजीसहित अवरोध गरेका हुन्।
बैठकको सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा समेत विपक्षी सांसदहरूले आफ्नो अवरोध र विरोध प्रदर्शनलाई निरन्तरता दिएका थिए । विपक्षी दलका सांसदहरू सभामुखको आसन नजिकै (रोष्टम घेराउ गर्दै) पुगेर जोडदार नाराबाजी गरेपछि संसद्को कार्यसूची अगाडि बढ्न सकेन।
विपक्षी दलहरूको सम्भावित अवरोध र संसद्मा बढेको तनावपूर्ण वातावरणका बीच बैठक सञ्चालन हुन नसकेपछि सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्