नेपाल । प्रतिनिधिसभा प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आर्थिक वर्ष २०८३–८४ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि सांसदहरूले विरोध जनाएका थिए ।
उनीहरूले प्रधानमन्त्री नै प्रस्ताव पेश गर्नुपर्ने र जवाफ दिनुपर्ने अडान राखे पछि तीन पटकसम्म बैठक बस्न नसकेपछि बिहीबार बस्ने गरी बैठक स्थगित भयो ।
बिहीबार प्रधानमन्त्री शाहले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्