नेपाल । बिहीबार काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले आज अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनीहरूविरुद्ध शोभा पाठकले दिएको ज्यान मार्ने उद्योगको जाहेरीका आधारमा मुद्दा चलाइएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्