३ चैत्र २०८२, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने

कोलोराडोखबर संवाददाता , March 17th, 2026

नेपाल । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ ।

पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको छ ।

भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ ।

अमेरिका र चीनबिच लामो समयदेखि जारी व्यापारिक तनाव व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिले फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पको चीन भ्रमणको सन्दर्भमा भएको यो वार्तालाई महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा चीनको भ्रमण गर्नुभएको थियो । त्यसयता अमेरिकाका राष्ट्रपतिले चीन भ्रमण गर्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्