३० फाल्गुन २०८२, शनिबार

एनआरएनएको अध्यक्षका प्रत्याशी शेरचनको उम्मेदवारी फिर्ता, को-को छन् उम्मेदवार ? (सूचीसहित)

कोलोराडोखबर संवाददाता , March 14th, 2026

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्