२६ फाल्गुन २०८२, मंगलवार

एनआरएनएको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

कोलोराडोखबर संवाददाता , March 10th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

आगामी शनिबारदेखि सुरु हुने संघको १२औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि सोमबार अन्तिम नामावली सार्वजनिक गरिएको निर्वाचन प्रमुख आयुक्त तेजबहादुर कार्कीले जानकारी दिए ।

यसअघि संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले सबै पक्षलाई समेटेर एकीकृत मतदाता नामावली निर्वाचन समितिलाई पठाएका थिए ।

संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा ४ हजारभन्दा बढी प्रतिनिधि चयन भएका छन् । उनीहरूले हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।

संघको अध्यक्ष पदका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

More Deatils : https://nrna.org/page/election-notice-2026-267

 

प्रतिक्रिया दिनुहोस्