५ फाल्गुन २०८२, मंगलवार

संयुक्त मुक्तक संग्रह ‘दामली अक्षर’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , February 16th, 2026

नेपाल । चार पोखरेली सर्जकको संयुक्त मुक्तक संग्रह ‘दामली अक्षर’ सार्वजनिक भएको छ । शब्दालय पोखराले आयोजना गरेको कार्यक्रममा ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको कृति लोकार्पण गरिएको हो ।

चार सर्जकका जीवनसाथीहरू मैयाँ थापा, रीता अधिकारी, शर्मिला श्रेष्ठ र मञ्जु अधिकारी भण्डारीले कृति सार्वजनिक गर्नुभएको हो । सबै मुक्तककारका ४०–४० गरी १६० मुक्तक रहेको कृतिको मूल्य ३३३ रुपियाँ छ ।

कार्यक्रममा साहित्यकार सरुभक्तले संयुक्त सङ्ग्रहको प्रकाशनले युवापुस्तामा नयाँ ऊर्जा थपिने बताउनुभयो । “यस्ता सङ्ग्रहले नेपाली मुक्तकको विकासमा नयाँ प्रेरणा थप्छन्, मुक्तकलाई थप लोकप्रिय बनाउँछन्,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्