२ फाल्गुन २०८२, शनिबार

तारा खत्री रोकायाको कविताको सङ्ग्रह ‘जितको उज्यालो’ प्रकाशित

कोलोराडोखबर संवाददाता , February 14th, 2026

नेपाल । साहित्यकार तारा खत्री रोकायाको दोस्रो कृति प्रकाशित भएको छ । एक वर्षको अवधिमा उहाँको यो कृति प्रकाशित भएको हो ।

आफूले एक वर्षयता लेखिएका कविताको सङ्ग्रहका रूपमा ‘जितको उज्यालो’ दोस्रो साहित्यिक कृतिका रूपमा प्रकाशन गर्न सफल भएको साहित्यकार खत्रीले बताउनुभयो । उक्त कवितासङ्ग्रहमा दुई सय कविता रहेका छन् ।

प्रकाशित कवितासङ्ग्रहमा कविताका विषयवस्तु भने आफ्नै जीवनमा भोगेको भोगाइलाई बनाइएको उहाँले बताउनुभयो ।

कवितासङ्ग्रह बिक्रीबाट आउने रकम पूर्णतारा फाउन्डेसनमार्फत गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस्