-नेपाल (मकवानपुर ) । झरना साहित्यिक पारिवारको ३२३औं साहित्यिक शृङ्खला महेन्द्र मावि छतिवनमा माघ २३ गते कविता प्रशिक्षण कार्यक्रम गरी सम्पन्न भएको छ ।
झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खेम विकको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा झसापका पूर्व अध्यक्ष उद्धवप्रसाद सापकोटाको आतिथ्य रहेको थियो ।
झस्सपका सदस्य हरिप्रसाद घिमिरेले सञ्चालन तथा उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य राख्नुभएको उक्त कविता प्रशिक्षण कार्यक्रममा बकैया गाउँपालिकाका महेन्द्र मावि, बुद्ध मावि, प्रभात मावि, जनक मावि, प्रभात मावि, माटोकोरी आवि, गीतावर आवि र वाघभैरव आविसहित ८ वटा विद्यालयका गरी १२० को हाराहारीमा विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको रहेको थियो ।
झन्डै ३ घण्टासम्म चलेको लोकलयसम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई छन्दकवि पुरुषोत्तम आचार्यबाट सहजीकरण भएको थियो भने झसापका सदस्यहरू मञ्जु दहाल र शिव बोलखेको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रम बकैया -७ स्थित अँधेरी स्थायी घर भई हाल वैदेशिक रोजगारीमा रहनु भएका समीर भुजेलको प्रायोजनमा सम्मन्न गरिएको थियो ।
यसै प्रशिक्षणको आधारमा आगमी फागुन ५ र ६ गते सञ्चालन हुने सातौँ ‘बकैया कला साहित्य महोत्सव २०८२’ मा विद्यालयस्तरीय कविता प्रतियोगिता सञ्चालन गरिने जानकारी समेत गराइएको थियो ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्