-आरसी रिजाल-
बा छँदा-
मलाई “का ” पार्टिमा भोट खसा भन्नू हुन्थ्यो
मैले किन भन्दा –
“यो पार्टिको राम्रो छ पारा
घोषणापत्रमा छ – समाजवादको नारा ।”
२/३ पटक भोट खसाएपछि
बाले आजित भएर भन्नू भयो-
अब “क” पार्टिमा भोट खसाउँ
मैले किनभन्दा-
“यसले समाजबाद मात्र हैन
साम्यवादसमेत परिकल्पना गरेको छ।”
२/३ पटक त्यसैमा खसायौँ-
अनि बा
भोटै खसाल्न नपाउनेगरि
आफैँ खस्नु भयो।
फेरि चुनावको चर्चा सुरुभयो
अब स्वविवेक प्रयोग गर्दैछु —
फटाहामा कम फटाहा खोज्दैछु।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्