नेपाल । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा सवार सबै १५ जनाको मृत्यु भएको छ । विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सवार थिए ।
सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले घटनास्थलमा उद्धार टोली पठाइएको बताएको छ ।
विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्