१४ माघ २०८२, बुधबार

मेक्सिकोको फुटबल मैदानमा आक्रमण हुँदा ११ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 28th, 2026

नेपाल । मेक्सिकोको सालामाङ्का नगरपालिकास्थित एक फुटबल मैदानमा सोमबार भएको भीषण गोलीकाण्डमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समुदाय र खेलप्रेमीहरूको ठूलो उपस्थिति रहेको फुटबल खेल समापन लगत्तै अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि खेलमैदानमा बियरका क्यान, स्मृतिमा बालिएका मैनबत्ती र रगतले लतपतिएका कपडाहरू छरपस्ट अवस्थामा फेला परेका थिए ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै गुआनाजुआटो राज्यकी राज्यपाल लिबिया डेन्निस गार्सियाले राज्य र सङ्घीय सुरक्षा बलहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिनुभएको छ । उहाँले दोषीलाई कानुनी कठघरामा उभ्याउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्