नेपाल । राष्ट्रिय सभामा रिक्त रहेको स्थानमा १८ जना निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नेकपा एमाले र काँग्रेसले राष्ट्रिय सभा सदस्यका लागि गठबन्धन गरेका थिए । प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर उपमेयर र गाउँ पालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रिय सभा सदस्य चुनेका हुन् ।
यसैक्रममा कोशी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) की रोशनी मेचे (महिला समूह), सोमनाथ पोर्तेल (दलित समूह) र नेपाली कांग्रेसका सुनीलबहादुर थापा (अन्य समूह, निर्विरोध) निर्वाचित हुनुभएको छ ।
मधेश प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित समूह), रञ्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक समूह), एमालेकी रेखाकुमारी झा (महिला समूह), लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर (अन्य समूह) निर्वाचित हुनुभएको छ ।
यसै गरी बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला समूह) र एमालेका प्रेमप्रसाद दङ्गाल (अन्य समूह) निर्वाचित हुनुभएको छ ।
गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा (महिला समूह) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य समूह) निर्वाचित हुनुभएको छ ।
यस्तै लुम्बिनी प्रदेशबाट एमालेकी रामकुमारी झाँक्री (महिला समूह), नेपाली कांग्रेसका वासुदेव घिमिरे (अपाङ्गता/अल्पसङ्ख्यक समूह) र चन्द्रबहादुर केसी (अन्य समूह) निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशबाट एमालेकी मीनासिंह रखाल (महिला समूह) र नेपाली कांग्रेसका ललितजङ्ग शाही (अन्य समूह) निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी (महिला समूह) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य समूह) निर्वाचित हुनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्