३ माघ २०८२, शनिबार

निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन नेतृत्वको केन्द्रीय समिति बैठक बस्दै

कोलोराडोखबर संवाददाता , January 17th, 2026

नेपाल । शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन् ।

बैठक शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक ब्याङ्क्वेटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ।

उता आधिकारिकता गुमाएको शेरबहादुर देउवापक्षको केन्द्रीय समिति बैठक पनि शनिबार नै बसिरहेको छ र बैठकमा आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्