३ माघ २०८२, शनिबार

बालकविता: जाडो पनि कति हो

कोलोराडोखबर संवाददाता , January 17th, 2026

– रमेशचन्द्र घिमिरे-
बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”

केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ
नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ

सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्”
जाडो पनि कति हो, उस्, उस्, उस् !

“कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन
आँत कामेर थरर्र बोल्न पनि भा’छैन”

माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

– भोर्लेटार, लमजुङ

प्रतिक्रिया दिनुहोस्