३० पुष २०८२, बुधबार

नेकपाका २५ सय केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

कोलोराडोखबर संवाददाता , January 14th, 2026

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २५ सय केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका ज्येष्ठ सदस्य एनके प्रसाईंबाट केन्द्रीय सदस्यलाई शपथ लिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ ।

पेरिसडाँडामा उपस्थित नभएका केन्द्रीय सदस्यले भर्चुअल माध्यमबाट शपथ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्