२९ पुष २०८२, मंगलवार

झापा ५ मा ओलीसँग चुनाव लड्ने बालेनको तयारी

कोलोराडोखबर संवाददाता , January 12th, 2026

नेपाल । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

रास्वपामा वरिष्ठ नेताको रूपमा आबद्ध भएका उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने योजना बनाएका हुन् ।

उनको सचिवालयका एक सदस्यका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुने भएकाले दुई दिनअघि नै राजीनामा दिएर झापा जाने तयारी छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्