नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सुधार गर्ने जनाएको छ।
विभिन्न सरोकारवालाहरूबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएको उल्लेख गरेको छ ।
बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने जनाएको छ । रास्वपाले आयोगमा बुझाएको बन्दसूचीको विषयमा चर्को आलोचना भइरहेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्